November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानको नारितामा जनवरीदेखि सातामा २ उडान गर्दै नेपाल एयरलाइन्स

3.4K

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जनवरी १ देखि जापानको नारितामा सातामा २ उडान गर्ने भएको छ।

कोरोनाका कारण चैतदेखि बन्द भएको नारिता उडान सरकारले अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णयसँगै सुरु भएको थियो। उडान  सुरु भएसँगै पहिलो चरण जापानको नारितामा अहिलेसम्म सातामा एउटामात्रै उडान गर्दै आएको थियो। तर, जनवरीदेखि २ वटा उडान गर्ने भएको छ।

नेपाल एयरलाइन्समा महाप्रबन्धक डिमप्रकाश पौडलले जनवरीदेखि सातामा २ उडान गर्ने र फेब्रुअरीदेखि ३ वटा उडान गर्ने जानकारी दिए।

Advertisement

नेपाल एयरलाइन्सले जनवरीदेखि बुधबार र शुक्रबार २ वटा उडान गर्ने तालिका बनाएको छ। नेपाल एयरलाइन्सले वाइडबडी जहाजमार्फत् नारितामा उडान गर्दै आएको छ।