April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशी सम्मान साप्ताहिकले नवौं वार्षिकोत्सवमा सम्झियो अग्रजहरुलाई

3.9K

सम्मानको आशाले कहिल्यै समाचार लेखिएन: सम्मानितद्वय

प्रकाश दिप्साली राई

नडाहा । सुनसरीको बराहक्षेत्रमा अनेक कष्ट झेल्दै प्रकाशन हुँदै आइरहेको ‘कोशी सम्मान साप्ताहिक’ले आफ्नो नवौं स्थापना दिवसमा दुई जनालाई सम्मान गरेको छ । गत बिहीवार चक्रघट्टीमा आयोजित स्थापना दिवशमा बराहक्षेत्रमा लामो समयदेखि पत्रकारितामा समर्पित अग्रज पत्रकार हिमाल राई र बाबुराम कार्कीलाई सम्मान गरेको हो ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राई र कार्कीलाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि कार्कीबाट कोशी सम्मानको अनलाइन सस्करणको शुभराम्भसमेत गरिएको थियो भने कोशी सम्मानका बयोबृद्ध दुई पाठकहरुलाई पनि सम्मानसमेत गरिएको थियो ।

Advertisement

सम्मान पश्चात् सुनसरीको चतरामा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका हिमाल राईले नेपाल मामिलासँग कुराकानी गर्दै आफ्नै क्षेत्रमा आफूले गरेको पत्रकारिताको मुल्यांकन भएकोमा खुसी लागेको बताए । उनले भने ‘मैंले निस्वार्थ भावले पत्रकारिता र समाजिक कार्यहरू आफ्नै तरीकाले गरीरहेको थिए । मैले पद, सम्मान र पुरस्कार पाउने आशाले कहिल्यै पत्रकारिता गरिनँ र गर्दिन पनि । तर, हरेक कुराको समय आउँदो रहेछ । यो सम्मानले अरु उर्जा ममाथि थपिएको छ ।’
यस्तै प्रकाशपुरमा रहेर विगत २ दशकदेखि निरन्तर पत्रकारिता गरेका बाबुराम कार्की पनि उत्साहित बनेका छन् । उनले खुशी व्यक्त गर्दै भने, ‘मेरो निम्ति यो सम्मानभन्दा पनि अरु जिम्मेवारी बढेको छ । जिम्मेवारीलाई न्याय दिन हरसम्भव लागिपर्ने छु ।’

कोसी सम्मान साप्ताहिकलाई बधाई दिँदै कोसी सम्मान डटकमका पत्रकारहरु लक्ष्मण कट्वाल, नवराज विष्ट, सुबिन विश्वकर्मा, सन्तोष चौलागाई लगायतले कोशी सम्मानलाई शुभकामना दिएका थिए । उनीहरुले सो पत्रिकाको सम्पादक हिरन्य कार्कीको योगदानको चर्चा समेत गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी राईले आफ्नो मन्तव्य राख्दै भनिन् ‘कोशी सम्मान साप्ताहिकले बराहक्षेत्रको समाचार सम्प्रेषण गरेर यहाँका जनतालाई हरेक कुरा सुसुचित गर्न सफल भएको छ, कोशी सम्मानका समाचार सबैलाई पाच्य हुने समचार आएका छन्, जो आफैमा सकारात्मक पत्रकारिता हो । जसको निम्ति हिरण्य कार्कीको ठूलो योगदान रहेको छ ।’

कार्यक्रमलाई कवि छबिना लुङ्गेली मगरले संचालन गरेकी थिइन् भने कार्यक्रमका सभापति किशोर कुमार अधिकारी रहेका थिए ।