काठमाडौं-नविल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ। बैंककाे ५५२ औं संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित तीन अर्ब ३८ करोड रुपैयाँको बोनस शेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ।
बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकले नाफा तथा जगेडा कोषलाई प्रयोग गरेर बोनस शेयर वितरण गर्ने भएको हो।नविल बैंकले गर्यो ३३.५ प्रतिशत बोनस शेयर घोषणा