November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कुवेत प्रवेश गर्ने हवाई तथा स्थल नाका पूर्ण बन्द

2.8K

कुवेत।  कुवेत सरकारले कुवेत प्रवेश गर्ने हवाई तथा स्थल नाका डिसेम्बर २१ तारिख सोमबार ११ बजे देखि जनवरी १ तारिख सम्म पूर्ण रुपमा बन्द गरेको छ। हवाई तथा स्थल नाका पूर्ण बन्द भए पछि विभिन्न देशबाट कुवेत फर्कनको लागि युएईमा आइपुगेका कामदारहरु प्रभावित बन्न पुगेका छन् ।  नेपालबाट कुवेत आउन युएई पुगेका नेपाली कामदाहरू पनि मारमा परेका छन्।  

कोरोना भाइरसलाई थप नियन्त्रणमा लिई सुरक्षित बनाउन कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र सबै सामुद्रीक तथा स्थलमार्ग आवज जावत ठप्प हुने कुवेतका स्थानीय संचार माध्यमहरुले समाचारमा प्रकाशित गरेका छन्। 

कुवेत सरकारले सिधा उडान प्रतिबन्द गरेका ३४ देशका कामदारहरु युएई हुँदै कुवेत आउन युएइ आइपुगेका थिए।  युएई आइपुगेका कामदारहरुलाइ निकै ठूलो आर्थिक भार पर्ने भएको छ। इरान, बेलायत  र अन्य मुलुकहरुमा थप व्यापक रुपले कोरोना भाइरस फेला परिरहेको कारण कुवेत सरकारले उच्च सतर्कता सहित यो निर्णय गरेको हुन सक्ने जनाएको छ।  

Advertisement