November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आकस्मिक हुने राजनीतिक घटनाले सेयर बजार ओरालो

4.9K

काठमाडौं – राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजार ओरालो लागेको छ।

आइतबार सेयर बजार सूचकांक ९६.८८ अंक अर्थात् ४.७७ प्रतिशत घट्यो। आफूसँग भएको सेयर बेच्न निकै हतारिए। फलस्वरूप नेप्सेमा कारोबार रकम अहिलेसम्मकै धेरै भयो। आइतबार नेप्सेमा ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भयो।

विगतमा पनि चुनावी परिणाम सार्वजनिक हुँदा वा प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा आउँदा यसरी नै सेयर बजार प्रभावित हुने गरेको थियो। तर, त्यस्तो राजनीतिक प्रभाव सेयर बजारमा धेरै लामो समय टिकेको देखिँदैन।

Advertisement

आकस्मिक रूपमा हुने राजनीतिक घटनाले सोही दिन बजारलाई बढी प्रभाव पारे पनि त्यसपछिका दिनमा विस्तारै पुरानै लयमा फर्कने गरेको उदाहरण विगतमा पाइन्छ।

‘तर, प्रतिनिधिसभा विघटन गरेर जाने कुरा हामीले लामो समयपछि देखेका हौं’, एक ब्रोकर भन्छन्, ‘यसलाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ।’

संकटका बेला उचाइ लिने सेयर बजार अहिलेको अवस्थामा कुन बाटो हिँड्छ भन्ने लगानीकर्ताको मनोबल र पैसाको उपलब्धतामा निर्भर हुन्छ।