माइक्रोसफ्ट कम्पनीको इन्टरनेट ब्राउजर इन्टरनेट इक्सप्लोरर वन्द भएको छ ।
सन् ९० को दशकमा इन्टरनेटको विकास हुँदैगर्दा ब्राउजर इन्टरनेट इक्प्लोरर एकलौटी रुपमा राज गरेको थियो । तर ढिलो चल्ने र प्राविधिक समस्या भइरहने भएको कारण पछि मोजिला फायरफक्स र त्यसपछि गूगल क्रोम जस्ता ब्राउजरहरुले राज गर्न थाले ।
अहिले माइक्रोसफ्टको आफ्नै ब्राउजर माइक्रोसफ्ट एज चलनमा छ ।