April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

को थिए बी. बी. मुरिङला ?

6.3K

खुशी लिम्बू

सिक्किमका प्रसिद्ध लेखक, कवि र संगीतकार बीबी मुरिङ्गलाको बुधबार दिउँसो न्यू एसटीएनएम अस्पतालमा निधन भएको छ। उच्च रक्तचापको चिन्ताका कारण ब्रेन ह्यामरेज भएपछि ८० वर्षको उमेरमा उनको निधन भएको हो ।

चर्चित लेखक मुरिङला ‘तागेरा निङ्गवाफुमा’ र ‘युम्मामाङ’ लाई समर्पित औपचारिक मन्दिर निर्माण भएको सुनिश्चित गर्ने अभियन्ताहरू मध्ये एक थिए।

Advertisement

नेपाली भाषा अनि लिम्बू भाषा र साहित्यमा स्वर्गीय मुरिङलाको योगदान अतुलनीय छ ।लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश का लेखक मुरिङलाले नेपाली भाषामा धेरै कविता र कथा पनि लेखेका छन् ।

मुरिङ्ला प्राथमिकदेखि माध्यमिक तहसम्मका हस्तलिखित पुस्तकहरू, व्याकरणको पुनर्निर्माण र लिम्बू भाषा पठन र अध्यापन प्रकृयालाई सरलीकृत गर्ने र पंडित जवाहरलाल नेहरू, चन्द्र शेखर आजाद र देशबन्दु चित्तरञ्जन दासका कथाहरूमा आधारित रहेर लिम्बू भाषमा हास्य श्रृंखला सिर्जना गर्ने अग्रगामी व्यक्तिको रुपमा परिचित छन्। ।

सन् १९८२ मा उनले आफ्नो अथक प्रयासबाट लेटरप्रेसको लागि लिम्बू लिपि डिजाइन गरे। त्यस्ते सन् १९९२ मा उनले कम्प्युटरका लागि लिम्बू लिपि पनि डिजाइन गरेका थिए । सन् २०० मा लिम्बू भाषाका लागि कम्प्युटर फन्टहरू उनीबाटै जेआर सुब्बाले उधारो लिएका थिए जसको आधारमा पछि करुण थापाले “सिरिजंघा फन्टहरू” विकास गरे र उनका सहयोगीहरू जेआर सुब्बा, वाईपी सुब्बा, येहाङ लाओती र डेलेन्द्र सुब्बाहरु ले सिरिजंंघा फन्टहरूलाई थप सुधार गरेका थिए।

https://www.redlionnoodlebar.com/

‘मुरिङला’ भनेको लिम्बू जातिको एक सम्प्रदाय भन्ने गरिन्छ तर उनको थर नुगो हो। उनको जन्म पश्चिम सिक्किमको लिङ्चोम गाउँमा स्वर्गीय लालमान लिम्बू र स्वर्गीय सन्च रानी लिम्बूको कोखबाट भएको थियो। सन् १९४२ मा जन्मेका मुरिङलाले १० वर्षको उमेरदेखि नै लिम्बू भाषाप्रति जिज्ञासा राखेका थिए। सन् १९५२ मा उनी कक्षा २ मा हुँदा उनले लिम्बू साहित्यकार इमान सिंह चेम्जोङलाई उनको निवासमा भेटेका रे (इस्टमोजो डट कम) ।

स्वर्गीय मुरिङलाले सिक्किमकै ताशी नामग्याल एकेडेमीमा स्कुल पढे र उच्च शिक्षाका लागि दार्जिलिङ कलेजमा भर्ना भए। उनले सरकारको मानव संशाधन विभागमा रहेर ३० बर्ष जति सरकारी जागिर गरेपछि सिक्किमको अतिरिक्त निर्देशकको रूपमा सेवानिवृत्त भए।

लिम्बू जातिको आदिवासी आस्था र संस्कृतिलाई अझ राम्रोसँग बुझाउन उनले तीन दशकभन्दा बढी समयदेखि अथक रूपमा समुदायको सेवा गरे। उनका यिनै योगदानका लागि सन् २०१७ मा भारत सरकारले उनलाई पद्मश्री पदकले सम्मानित गरेको थियो।

उनले लिम्बू संस्कृतिका विभिन्न पक्षहरूमा लेखेका छन् र बोलेका छन् जसले अरूलाई आत्मविश्वासका साथ तल्लो तहसँग पुनः जडान हुन प्रेरित गरेको दावी गरिन्छ।

उनलाई आसामको गुवाहाटीमा रहेको विवेकानन्द केन्द्र संस्कृति सम्मान संस्थानले पनि सम्मानित गरेको थियो (सिक्किम ब्लगस्पट डट कम) ।

स्व. मुरिङलालाई उनको योगदानको आधारमा तेअंसी सिरिजंगा, सिक्साम्बा लालसोर सेन्दाङ र सिक्साम्बा ईमानसिङ चेम्जङपछिको सबैभन्दा उच्चतम स्थानमा राखेर सम्मान गरिन्छ । उनकै अभियान र नेतृत्वको कारण हाल सिक्किम राज्यमा सिरिजंगा लिपिबाट स्नातकोत्तर सम्म पठनपाठन गर्न पाएका हुन्।

https://nammortgages.co.uk/

उनका सिरिजंगा पाण्डुलिपिबाट कैयन पाठ्यपुस्तक तयार भएका छन् र याक्थुङ सिरिजंघा लिपिलाई नयाँ प्रविधि अनुरुप मुद्रणयोग्य बनाउनमा उनको ठूलो हात छ । उनकै अभियान र योगदानका फलस्वरुप आज सिरिजंघा लिपिमा लिम्बू भाषाका हस्तलिखित पुस्तकहरु आधुनिक कम्पयुटर प्रविधिबाट छापिन्छन् र सिरिजंघा लिपि पनि इन्टरनेटमैत्री भएको छ ।

उनी भन्दथे, “माःपान् (मातृभाषा) आमा जस्तो हो जति बचाउन सक्यो उति आफुलाई फाईदा हुन्छ” ।

पछिल्लो समयमा आएर मुरिङला धेरै लेखेका कारण आफ्नो दाहिने पाता निकै दुख्ने गरेको गुनासो गर्दथे (मौसम इम्बूङ)।

बी. बी. मुरिङलाको देहावसानबाट भारतले, सिक्किमले र नेपालीभाषीहरुले एक अथक कवि, भाषाविद, साहित्यकार, संगीतकार, सांस्कृतिक अभियन्ता, लिम्बू जातिको धरोहर प्रणेतालाई गुमाएको छ ।