काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । बौद्ध भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएका हुन् ।
लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
लामा पक्राउ परेपछि यस घटनाको पक्ष र विपक्षमा सामाजिक संजालमा वहस भएको थियो । कतिले लामाले सजाय पाउनुपर्ने विचार राखेका थिए भने कतिले मिरुना अभिनित चलचित्र बहिस्कार गर्नेदेखि लिएर काठमाडौं बौद्धमा आन्दोलन समेत गरिएको थियो ।