November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक

3.2K

शारदा भुजेल

दोहा । कतारमा प्लास्टिकको झोलाको प्रयोगमा रोक लगाइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो ।

वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो ।

Advertisement

वातावरण संरक्षण र फोहोर पुन: प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो।