April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धनकुटामा नवनिर्वाचित वडा सदस्यको मृत्यु

2.7K

धनकुटा : चौबिसे गाउँपालिका २ का नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ।

चौबिसे गाउँपालिका-२ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको हाे।

मतगणनाका क्रममा बिरामी परेका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए।

Advertisement

शनिबार आएको मत परिणामअनुसार मगर  एमालेबाट चौबिसे गाउँपालिका २ का वडासदस्य  विजयी भएका थिए।