November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष,

4.4K

काठमाडौं –  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

समितिको शुक्रवारको बैठकले खरिद प्रक्रियामा संलग्न पदाधिकारीहरूमाथि थप छानबिन गरी दोषी देखिए कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

 स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्‍नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्‍नी समूह) सँग सम्झौता गरेको थियो। पहिलो लटमा ल्याएको सामग्री नै बजार भाउ भन्दा महंगो भएपछि सबैतिरबाट विरोध भएको थियो र सम्झौता रद्द गरेर यसको जिम्मा नेपाली सेनालाई दिइएको थियो। 

Advertisement

समितिले शुक्रबारको बैठकमा  स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग यसबारेमा स्पस्टीकरण लिएपछि थप छानबिनको निर्णय गरेको हो।

हठात् गरिएको सम्झौतामा बजार मूल्य ख्याल नगरी अस्वभाविक रुफमा महँगोमा खरिद गरेको लेखा समितिको छानबिनबाट खुल्न आएको छ।