April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

स्वास्थ्य जागरण अभियान “रनफेष्ट” मा सहभागिहरुलाई राज्य समन्वय परिषद इंगल्याण्डद्वारा सम्मान

2.4K

लन्डन । राज्य समन्वय परिषद इंगल्याण्डले मिडल्याण्डको ग्रान्थाम शहरमा स्वास्थ्य जागरण अभियान “रनफेष्ट” मा सहभागिहरुलाई सम्मान गरेको छ । ग्रान्थामको विन्डम पार्कमा आइतबार भएको कार्यक्रममा सहभागीहरुलाई राज्य समन्वय परिषद इंगल्याण्डले सम्मान गरेकाे हो ।
राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लालबहादुर गुरुङ, सचिव राम प्रसाद पन्थी, सल्लाहकार यज्ञ डुम्रे लगायतका पदाधिकारीको समेत कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई हौसला प्रदान गर्दै ग्रान्थामबासी स्थानीय नेपालीहरुलाई दौडने बानी बसालेर शारिरिक एवं मानसिक रुपमा स्वस्थ रहन आग्रह गर्दै गैर–आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल–युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले स्वास्थ्य जागरण अभियानको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सुरुवातमा सहभागिहरुले आफ्नो नित्य दौडने अभ्यास पुरा गरेर छोटो स्मार्ट व्यायम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका आयोजक, ग्रान्थाम निवासी, एनआरएनए युकेका कार्यकारी सदस्य, उपेन्द्र पौडेलले अभियानमा सहभागिहरुलाई विशेष धन्यवाद दिंदै अन्य छुटेका सबै नेपालीहरुलाई रनफेस्ट कार्यक्रमले परिकल्पना गरेको आफ्नो स्थास्थ्यको रक्षा आफै गर्ने अभियानमा गोलबद्धहुन आव्हान गर्नु भयो ।

Advertisement

सम्मान–कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए युके राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लाल बहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिंदै रनफेष्ट अभियानमा सहभागिहरुलाई आगामि दिनहरुमा पनि राजनैतिक, क्षेत्रीय, जातीय, लैंगिक एवं कुनै प्रकारको समुहबाट बाहिर निस्केर एक नेपालीले अर्को नेपालीलाई सामुहिक हितको लागि हातमा हात र साथमा साथ दिने विश्वास व्यक्त गरे ।