April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मानवअधिकारकर्मी मुस्कान खातुनलाई ‘जनसेवाश्री मानपदवी’ प्रदान

2.3K

काठमाडौं । मानवअधिकारकर्मी मुस्कान खातुनलाई ‘जनसेवाश्री मानपदवी’ प्रदान गरिएको छ । बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट खातुनलाई उक्त पदवी प्रदान गरिएको हो ।

आक्रमणपछि खातुनले धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग भेट गरि तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेकी थिइन् । यस प्रकृतिको अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गर्न मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

खातुनले यसअघि पनि सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट प्रवल जनसेवाश्री (चतुर्थ) ग्रहण गर्दै मेगा बैंक लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ ।

त्यस्तै, मेगा बैंक लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई प्रवल जनसेवाश्री (चतुर्थ) प्रदान गरिएको छ । गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा मन्त्रिपरिषद्ले बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । श्रेष्ठ विगत लामो समयदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।

त्यस्तै, नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट प्रवल मानपदवी ग्रहण गर्दै कलाकार केकी अधिकारी ।