काठमाडौँ – स्वास्थ्य निर्देशनालय अस्पतालले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
धनकुटा स्थित उक्त अस्पतालले एनेस्थेटिक सहायकमा सहायक पाँचौ तहमा १ जना, फार्मेसी सहायक , सहायक पाँचौ तहमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त अस्पतालका अनुसार योग्य व्यक्तिले सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र जिल्ला अस्पताल धनकुटामा दरखास्त पेश गर्नुपर्ने छ ।
थप जानकारीका लागि जिल्ला अस्पताल, धनकुटाको वेबसाइट dhankutahospital.pl.gov.np मा हेर्नुपर्ने सूचना दिएको छ ।