April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सगरमाथाको कर्णाली प्रदेश शाखा पुनर्गठन, अध्यक्षमा दैलेखकी बबिता बिष्ट

2.1K

कास्की । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश समिति पुनर्गठन गरिएको छ । शाखाको अध्यक्षमा दैलेखकी युवा साहित्यकार बबिता बिष्ट चयन भएकी छन् ।

कर्णाली प्रदेशका करिब ४ दर्जन युवा साहित्यकारहरुको भर्चुअल भेलाले चयन गरेको २७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल सरोवर (सुर्खेत), उपाध्यक्ष जंग बोगटी त्रिवेणी (दैलेख), उपाध्यक्ष रत्नराज पुन मगर (जाजरकोट), सचिव भावुक ऋदम बाबु (जाजरकोट), सहसचिव दशरथ चनरा (जुम्ला), कोषाध्यक्ष चन्द्रा चाँदनी (कालिकोट) लाई सर्बसम्मतिले चयन गरेको हो ।

कार्यसमितिका सदस्यहरुमा नारायण रिजाल, काजल न्यौपाने, सिर्जना शायरा, पुस्कर बाबु, दीपक दूर्लभ, माया निर्भीक, बिनी बुढा उदिन, पिवि बोहोरा, विवेकराज डाँगी, रामराज बुमी, काजी प्रवासी, बखत विष्ट, दीपेन्द्र प्रभात, हरिकृष्ण बुढा, मनोज शाही ठकुरी, युवराज पौडेल, जगत व्यञ्जन, जमुना गौतम जानु र कमेन्द्र शाही आजित रहेको प्रतिष्ठानका कर्णाली प्रदेश इन्चार्ज रोहित कुँवरले जानकारी दिए ।

Advertisement

भेलाले प्रदेश शाखाको वरिष्ठ सल्लाहकारमा विष्णु पादुका (डोल्पा) र सल्लाहकारमा घनश्याम राना ऋतुलाई चयन गरेको छ ।

प्रदेश कार्यसमितिको भेलालाई संस्थाका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल इन्चार्ज अजित क्षेत्री, नेपाल शाखाका अध्यक्ष बुद्धिवल श्रेष्ठ र प्रदेश इन्चार्ज रोहित कुँवरले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए । नवगठित कार्यसमितिले बैशाखको पहिलो साताभित्रै औपचारिक पदस्थापनसहितको साहित्यिक कार्यक्रम गर्नेबारेमा छिट्टै निर्णय गर्ने अध्यक्ष बबिता बिष्टले बताइन् ।

अध्यक्षमा चुनिएकी बिष्टको “जीबणयात्रा” नामक गजलसंग्रह प्रकाशित छ । उनि पेशाले स्वास्थ्यकर्मी हुन् ।