April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

2K

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबारका लागि १२ सय ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement