November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘मास्टरसेफ यूके’को ‘उत्कृष्ट तीन’मा सीमित सन्तोष शाह

6.1K

एजेन्सी- बीबीसीको टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरसेफ यूके’मा नेपाली सेफ सन्तोष शाह ‘उत्कृष्ट तीन’ मै सीमित भएका छन् ।

केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए।

शाहले भने, ”ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।”

Advertisement

यूकेका २५ वर्षीय एलेक्स वेब विजेता घोषित भएका छन्।