April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कल्पना आङबुहाङको ‘मेरी आमा’ र ‘नरुनु आमा’ पुस्तक विमोचित

1.9K

काठमाडौं । कल्पना आङबुहाङद्वारा लिखित दुई पुस्तक विमोचन भएको छ । आङ्बुहाङको आमामाथि आधारित रहेर लेखिएको ‘मेरी आमा’ र आफ्ना गीतहरुको संगालो ‘नरुनु आमा’ शनिबार पूर्वसभामुख डा. शिवमाया तुम्बाहाम्फेबाट विमोचन भएको हो ।

प्रत्येक सिर्जना आफ्नी आमालाई समर्पण गर्दै आएकी आङ्बुहाङको यसअघि आमा (भिडियोसहित गीतको संगालो) दुईभागमा आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शिवमाया तुम्बाहाम्फे ।

चलचित्र विकास वोर्डको कार्यालय चावहिलमा सम्पन्न उक्त विमोचन समारोहमा नरुनु आमा गीत सङ्ग्रहमाथि आफ्ना कुरा राख्दै साहित्यकार श्रवण मुकारुङले नेपाली गीतसंगीतमा कल्पना आङ्बुहाङले एउटा इँटा थपिदिएको बताएका थिए । पुस्तकजस्तो प्रकाशनमा हतारिनु हुन्न, हतारिँदा केही कुरा छुटेजस्तो, बिग्रिएजस्तो भएको छ, मुकारुङको भनाई थियो ।

Advertisement

साहित्यकार श्रवण मुकारुङ

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, समाजसेवी विष्णुदत्त आङ्बुहाङले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।