April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा प्रधानमन्त्री देउवाले उदघाटन गर्ने

२०७८ फाल्गुन २६

2.2K

काठमाडमौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने भएका छन् । अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुन लागको हो ।

महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाएको छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।

Advertisement