November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कात्तिकमा साढे १४ अर्ब पुँजीगत खर्च भुक्तानी

2.7K

काठमाडौं-सरकारले कात्तिकमा साढे १४ अर्ब रूपैयाँ पुँजीगत खर्च भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कात्तिकमा १४ अर्ब ३९ करोड रूपैयाँ पुँजीगत खर्च भुक्तानी गरिएको छ।

मन्त्रालयका अनुसार कात्तिकसम्ममा २९ अर्ब ४४ करोड रूपैयाँ पुँजीगत शीर्षकको रकम भुक्तानी भएको छ। त्यसअघि असोज मसान्तसम्ममा १५ अर्ब ५ करोड रूपैयाँ भुक्तानी भएको थियो। 

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। पहिलो चौमासिकमा भएको खर्च कूल विनियोजनको ८ प्रतिशत हो।

Advertisement