April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बच्चा चोरेर फरार भएकी एक महिला पक्राउ

2.2K

जनकपुर । जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा  एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा अक्रकमला नगरपालिका-१० स्थित डुमरियाकी ३५ वर्षीया मनिषा देवी मुखिया हुन्।

उनले बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई लिएर भागेकी थिइन्।

प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले शिशु लिएर फरार भएकी थिइन्।

Advertisement

खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित बेंगा शिवपुरबाट हराएको बच्चासहित ती मनिषा देवी फेला परेकी हुन्।

स्थानीयले सामाजिक सञ्जालमा राखेको भिडिओमा ती उनले अर्को पनि एक जना बालिकालाई समेत आफूसँगै राखेकी थिइन् भने भिडियोमा उनले अनाथ आश्रमबाट बच्चा लिएको बताएकी छन्। 

बच्चा चोरेर भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेकाले तत्काल सम्पूर्ण विवरण दिन नमिल्ने बताएको छ ।