November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साहित्यकार टिका भट्टराईको ‘मनका रङ्गहरू’ र ‘सन्तानको माया’

5.1K

काठमाडौं । साहित्यकार टिका भट्टराई नेपालको गीतिसंग्र्रह ‘मनका रङ्गहरू र ‘सन्तानको माया’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतिसंग्रह विर्तामोडमा आयोजित कार्यक्रमबीच सार्वजनिक भएको हो ।

विशिष्ट कलाकार लय सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिहरूमा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार चन्द्र भण्डारी, हास्यअभिनेता उत्तम केसी नेपाल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरूले टिकाको कृतित्व र व्यक्तित्वका वारेमा प्रकाश पार्दै स्रष्टा भट्टराईलाई शुभकामना तथा वधाई ज्ञापन गरेका थिए ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभापतिको आसनबाट आफ्ना मन्तव्य राख्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।