April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन हुने

8.2K

काठमाडौं । अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्धारा लिखित पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन हुने भएको छ । इतिहास विधामा लेखिएको उक्त पुस्तक १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङको बाहुलीबाट हुन लागेको हो ।

करिब ८ वर्षको अध्ययन तथा अनुसन्धानपछि उक्त पुस्तक प्रकाशन गर्न लगिएको लेखक अमित थेबेले बताए । उनका अनुसार पुस्तकमा विशेष हज्सन पाण्डुलिपिमा सिरिजङ्गाबारे लेखिएको भोल्युमको आधारमा अध्ययन गरिएको छ । विशेष लिपि विकासमा सिरिजङ्गाको योगदान त्यसपछि फाल्गुदन्द लिङ्देन, इमानसिंह चेम्जोङको योगदानबारे पुस्तकमा उल्लेख गरिएको छ ।

‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’पुस्तकको कभर ।

अहिले सिरिजङ्गा लिपीबारे विवाद चलिरहेको समयमा यस पुस्तकले विवादबारे निष्कर्षमा पुग्न यस किताबले सहयोग गर्न सक्ने थेवेले बताए ।

Advertisement

लेखक अर्जुनबाबु माबुहाङ याक्थुङ मुन्धुम इतिहासका खोजकर्ता तथा तेह्रथुम लालिगुराँस नगरपालिकाका मेयर हुन् । उनका एक दर्जन, पुस्तकहरू प्रकाशित छन् । त्यस्तै, हाल युकेमा रहेका साहित्यकार, पत्रकार अमित थेबे करिब २० देखि याक्थुङ भाषा तथा संकृतिबारे खोज अनुसन्धान तथा काम गरिहेका छन् । लेखकद्धयको संयुक्त खोज तथा अनुसन्धानमा तयार पारिएको उक्त पुस्तकको विमोचन कार्यक्रम भोलि (बिहिबार) १ बजे धरानस्थित होटल पूर्वी स्टारमा हुनेछ । कार्यक्रम तङ्सिङ् मिडिया एन्ड रिसर्च प्रालिले आयाेजना गर्दैछ ।