काठमाडौं – काडमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्।
अहिले बिहान तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश २ तथा बागमती प्रदेशमा आज आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद नगरकोटीले बताइन्।
मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली हुनेछ। बाँकि भेगमा मौसम सफा रहनेछ बताइएको छ।