November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सर्वाधिक उचाइमा सेयर बजार

2.7K

काठमाडौं– केही दिनको गिरावटपछि सेयर बजारमा पुनः उछाल आएको छ। बजार सुधारिने क्रममा नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक २०६५ दशमलब १७ अंक कायम भएको छ। सोमबार सेयर बजार सुधारिने क्रममा ५६ दशमलब ७२ अंकले बढेको हो।

सोमबारको सुधारमा पनि थोरै सेयर पुँजी भएका तथा बजार पुँजीकरण धेरै भएका कम्पनीले मद्दत पुर्‍याएको छ। सबैभन्दा धेरै सेयर पुँजी भएको वाणिज्य बैंकको सूचक २२ अंकले सुधार हुँदा अन्य सूचकमा राम्रो सुधार भएको छ। गएको साता जलविद्युत कम्पनीको सेयरमा उछाल आएकोमा सोमबार २१ अंकले घटेको छ। व्यापार र निर्जीवन बीमा कम्पनीको सूचक ८ प्रतिशत बढीले बढेको छ।

सूचिकृत कम्पनीमध्ये २०२ वटाको कारोबार हुँदा १२७ वटाको मूल्य बढेको थियो भने ३७ वटाको मूल्य घटेको छ। १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ। सोमबार बीमा कम्पनीको सेयर मूल्यमा अत्यधिक सुधार भएको छ।

Advertisement