April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उषा खड्गी र निर्मल शर्माद्धारा होटल ह्वाइट हाउसको उद्घाटन

2.9K

काठमाडौं । काठमाण्डौको मुटुमा अवस्थित एकदमै व्यस्त ठाँउ गोंगबुको बिजी मलको अपोजिटमा नेपालीपन झल्किने सम्पूर्ण सुविधा सम्पन्न ‘ह्वाईट हाउस’ नामक होटल सञ्चालनमा ल्याइएको छ ।

होटलको ब्राण्ड एम्बेसडर समेत रहेका वरिष्ठ कलाकार निर्मल शर्मा तथा पूर्व मिस नेपाल उषा खड्गीद्वारा संयुक्त रुपमा एक कार्यक्रमका बीच होटल ह्वाइट हाउसको उद्घाटन गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ । २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानी, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको व्यावस्था गरिनुको साथै होटलमा रेस्टुरेण्टको व्यावस्था पनि गरिएको छ ।

Advertisement

होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको पुर्व मिस नेपाल खडगी सञ्चारकर्मीलाई बताइन् ।

त्यस्तै अर्का ब्राण्ड एम्बेसडरका रूपमा रहेका कलाकार निर्मल शर्मा ‘गैडा’ले पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको कुरा थपे । ‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’ होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले बताए ।

बुद्ध शाहीले सञ्चालनमा ल्याएको उक्त होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरकफरक नेपालीपन झल्किने इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् ।

भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल नेपाली खाना र शान्त वातावरणमा अतिथिलाई खुशी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘अतिथि स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’

सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो । बास्तुको दृष्टिकोणले पनि होटलको बातावरणलाई शान्त सुन्दर र आकर्षित बनाएको र सस्तो तर गुणस्तरीय सेवा उपलब्ध गराएको सञ्चालक शाहीले बताए । निकट भविष्यमा नेपाल अधिराज्यका अन्य ठाँउ हरुमा अझै शाखा विस्तार गर्दै जाने र अझै उत्कृष्ट विश्व सामु नै यही होटल मार्फत छुट्टै पहिचान समेत बनाउने शाहीको लक्ष्य रहेको उनले बताए ।