April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रेमिकाको अन्तै विवाह हुने भएपछी प्रेमिकासहित ३ जनाको हत्या

4K

भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेका छन् । प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि हत्या गरेको भारतीय समाचारले जनाएको छ ।

प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्।

उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement