November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डडेल्धुरामा बस दुर्घटना हुँदा १० घाइते

२०७८ कार्तिक १४

2.4K

काठमडौं । डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका छन् ।

घाइतेलाई उपचारका लागि धनगढी लगिदै गरेको प्रहरीले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।

Advertisement

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।