बाँके । चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन् ।
शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर–११ स्थित सागर गेष्ट हाउसको कोठाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ ।