April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आर्थिक लेनदेनको विषयलाई लिएर बालकको अपहरणमा

२०७८ कार्तिक १०

3.3K

कपिलवस्तु । आर्थिक लेनदेनको विषयलाई लिएर अपहरणमा परेको बालक मुक्त भएका छन् । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका हुन् ।

बालकलाई अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका ३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए ।

Advertisement

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए ।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरीले बताए ।