April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका लागि कार्यवाहक राजदूतको जिम्मेवारी उपनियोग प्रमुख रोशन खनाललाई

3.2K

लण्डन । लण्डन स्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख एवं डेपुटी चीफ अफ मिसन (डीसीएम) रोशन खनाल कार्यबाहक राजदूतको जिम्मेवारी पाएकी छन्।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् ।

बेलायतका लागि एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारले फिर्ता बोलाएसँगै २४ अक्टोबरमा रेग्मी स्वदेश फिर्ता भएका छन् ।

Advertisement

रोशन २०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । परराष्ट्र सेवामा एक दशक भन्दा बढी समय बिताइसकेकी खनालले यसघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । उनी यसअघि ईजलरायलमा द्वितीय अधिकृतको रुपमा कार्यरत थिइन् ।