काठमाडौं । मेरा पिक आरोहण गरी फर्कने क्रममा सम्पर्कविहीन भएका आरोही खोज्न नेपाल पर्वतारोहण संघ (एनएमए)ले आधुनिक उपकरण परिचालन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सम्पर्कविहीन भएका छेतेन शेर्पालाई खोज्न उपकरण र उद्धारकर्ता परिचालन गरेको हो ।
बैठकले पछिल्लो चार दिनदेखि सम्पर्कविहीन भएका शेर्पाको खोजीका लागि थप जनशक्ति खटाउने निर्णय गरेको हो । मेरा पिकको सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।
संघले आरोहणका लागि लगेको कम्पनी तथा अन्य सरकारी निकायसँगको समन्वयमा उनको खोजी कार्यलाई जारी राखेको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।