April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कविता: मुखौटा

4K

जनक कार्की

उनीहरू पानी बनिदिन्छु भनेर आए
हामीहरू आशावादी बन्यौँ

लागेको थियो
अब बाँझो खेतमा अन्न लहराउने छ ।

Advertisement

लागेको थियो
अब तिर्खाएका घाँटीहरूको प्यास मेटिनेछ ।

लागेको थियो
अँध्यारो बस्तीहरूमा विद्युत लिएर आउनेछन् ।

उनीहरू पानी नै रहेछन्
जस्तो आकार दियो
उस्तै बनिदिने
जस्तो रङ्ग मिसाइदियो
त्यस्तै रङ्गिदिने

हामीले त सोचेका थियौँ
उनीहरू त्यस्तो पानी हुन्
जसको कुनै रङ्ग छैन
तर रङ्गीन छ
जसको कुनै स्वाद छैन
तर स्वादिलो छ ।

उनीहरूले झुठो बोलेका थिएनन्
उनीहरू पानी नै बनिदिए
तर वर्षात आएको बाढीको पानी बनिदिए
जसले हाम्रो सपनाहरू
बगाएर धर्म निभाए ।