November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

४४ जनाको जम्बो टोलि सहित एनआरएनए अष्ट्रियाको सांगठनिक संरचनाले पायो पूर्णता

4.5K

गैर आवासीय नेपाली संघ अष्ट्रियाले अनुशासन समिति , संरक्षक समिति र सल्लाहकार समिति गठन गरे संगै संगठनको संरचनाहरु पूर्ण भएका छन् । अध्यक्ष भवानी तिवारीको सभापतित्वमा आयोजित बैठकमा सबै समितिका सदस्यहरुलाई अभिनन्दनको साथ् आधिकारिकता प्रदान गरिएको थियो।


यस अघि रिक्त रहेको २ पदहरु युवा सह संयोजक र कार्यकारी सदस्यमा क्रमश राजीव थेबे र रीमा बिष्टलाई सर्वसहमतिबाट चयन गरिएको थियो । विधानले अध्यक्षलाई प्रदान गरेको अधिकार अनुसार प्रवक्तामा शुभद्रा थापा भण्डारी र ३ कार्यकारी सदस्यहरुमा मन्जु बिश्वकर्मा (टिरोल ), गौरव कार्की (साल्ज्वर्ग ) र सन्तोष(दिलिप) शाह (लिञ्ज) नियुक्त भएका छन्।

Advertisement


संगठनलाई बलियो बनाउने संकल्प गरेकी अध्यक्ष भवानी तिवारीका अनुसार साल्ज्वर्ग राज्यमा शिव खड्काको अध्यक्षतामा क्षेत्रीय समन्वय परिषद गठन भैसकेको छ भने टिरोल र लिञ्जमा पनि चाँडै गठन गर्ने तयारी भैरहेको छ।