April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डिभी आवेदन खुल्यो

2.6K

काठमाडौं : २०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन  खुल्ला भएको छ। बुधबार राति ९ : ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।

त्यस्तै,वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।

Advertisement