पेरिस । फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ ।.सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ ।
यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि छानबिनका क्रममा खुलासा भएको छ ।
बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुर्व्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए ।
पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए ।
दुर्व्यवहार बाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुर्व्यवहारप्रति चासो नदिएको उनले बताए ।