काठमाडौं । नायक दिनेश केसी र आशा केसीको स्वर रहेको ‘परदेश बस्न मन छैन’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
दशैको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर तयार पारिएको सो गीतमा अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको छ ।
गीतको भिडियोमा विशेषतः चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट उतार्ने प्रयास गरिएको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए ।
गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुर्षोत्तम दंगाल लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।
गीतको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् ।
‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ ।’ गायक केसीले भने ।