November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भरतमणि पौडेललाई भोट गर्न योगेश भट्टराईको अनुरोध, ग्रान्ड फिनाले आज हुँदै

3.6K

काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले भरतमणि पौडेललाई भोट गर्न अनुरोध गरेका छन् ।

कमेडि च्याम्पियन सिजन–२ को फाइनल चरणमा पुगेका भरतमणि पौडेललाई भोट गर्ने आज अन्तिम दिन भन्दै भट्टराईले सामाजिक संजालमार्फत भोट गर्न अनुरोध गरेका हुन् ।

फाइनल चरणमा फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।

Advertisement

कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । रातको ९ बजेबाट कार्यक्रम सुरु भइ ११ बजेसम्ममा नतिजा सार्वजनिक भइसक्ने आयोजकले जनाएको छ ।

कमेडि च्याम्पियनका मणिको रुपमा चिनिएका भरतमणि र योगेश एउटै जिल्लावासी हुन् । भट्टराईले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।