November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

६ बर्षीया बालिका हत्याको आराेपमा १९ बर्षीया सपना पक्राउ

3.4K

काठमाडौँ – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेकाे थिए ।

परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए ।

Advertisement