November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

शिक्षक हत्या प्रकरण : दोषीलाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न माग

2.1K

काठमाडौं– मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग एकीकृत अखिल नेपाल शिक्षक संगठनले गरेको छ। त्यस्तै पीडितको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत संगठनले माग गरेको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका मिक्लाजुङ गाउँपालिका अध्यक्ष लोकनाथ रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त माग राखिएको छ।

२०४६ सालदेखि शिक्षण पेसामा आबद्ध श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यसमेत हुन्। उनको मंगलबार बिहान साढे ६ बजे अज्ञात समूले हत्या गरेको थियो।

Advertisement