April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विद्युतको ३८ करोड बक्यौता

2.9K

वीरगञ्ज – नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् ।

पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले राससलाई बताउनुभयो ।

कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भन्नुभयो “समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।” विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ ।

Advertisement

सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन् । यातायातको ११ करोड कम राजश्व सवारी सरुवा सहमति दस्तुरमा सरकारले नयाँ नियम लगाएको कारण यातायात व्यवस्था कार्यालय (सवारी) पर्सा वीरगञ्जले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११ करोड २५ लाख १३ हजार कम राजश्व उठाएको छ । सो कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को कात्तिक मसान्तसम्ममा १८ हजार ९४३ सवारी साधन दर्ता गरी रु ३४ करोड १७ लाख ८५ हजार मात्र राजश्व सङ्कलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को कात्तिक मसान्तसम्ममा ४५ हजार २७७ वटा सवारी साधन दर्ता गरी ४५ करोड ४२ लाख ९८ हजार रुपैया सङ्कलन गरेको सो कार्यालयका प्रमुख कुशेश्वर साहले राससलाई बताउनुभयो ।