April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेफिन यूकेद्वारा एनआरएनए यूकेको नेतृत्वमा पुगेका आदिवासीहरुलाई बधाई

9.1K

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले एनआरएनए यूकेको हालै भएको निर्वाचनमा बिजयी बनेका आदिवासी समुदायका सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । अध्यक्ष कमानसिङ कर्मा पहाडी शेर्पाले महासंघको फेसबूकमा एक स्ट्याटस जारी गर्दै औपचारिक रुपमा बधाई साथै शुभकामना दिएका हुन् ।

उनले भनेका छन् – “गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेमा नेपाली आदिवासी जनजाति समुदायबाट नेतृत्वको विकास तुलनात्मक रुपले निकै कम भइरहेको परिप्रेक्षमा ​एनआरएनए यूकेको हालै भएको निर्वाचन र मनोनयबाट आधा दर्जनभन्दा बढी आदिवासीहरु नेतृत्व तहमा पुग्न सफल हुनुभएको छ । नेफिन यूके यसमा गौरव गर्दछ । अध्यक्षमा श्री प्रेम गाहा मगरज्यू लगायत बिभिन्न पदहरुमा निर्वाचित र मनोनित सबैलाई नेफिन यूके हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ ।”

एनआरएनए युकेको गत अगस्ट २ मा भएको निर्वाचनबाट अध्यक्षमा प्रेम गाहा मगर, उपाध्यक्षमा शकुन्तला गुरुङ र महासचिवमा खुशी लिम्बु अत्यधिक बहुमतले बिजयी भएका थिए ।

Advertisement

त्यस्तै महिला सचिवमा नम्रता गुरुङ, सचिवमा ज्ञानेन्द्र आले, महिला संयोजकमा बिमला लिम्बु र कार्यकारिणी सदस्यहरुमा चम्पा थापा मगर, चेतन राना, विशाल राई निर्वाचित भएका थिए ।

उता इङल्याण्ड राज्य परिषदको अध्यक्षमा एलवीजेड गुरुङ र सदस्यमा सुरेन्द्र इङनाम बिजयी भएका थिए ।

निर्वाचनपश्चात बसेको कार्यसमितिको पहिलो बैठकले पूर्व गोर्खा तथा युवा व्यवासायी भरतमणी चोङबाङलाई संघको प्रवक्ता र आवेश राईलाई सदस्यमा नियक्त गरेको छ ।