April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कम्बोडियामा सवैलाई कोरोनाविरूद्धको खोप निःशुल्क प्रदान गरिने

3.9K

एजेन्सी- कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् ।

Advertisement

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए ।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरे ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्र भइसकेका छन् ।