April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्यमा सामान्य गिरावट

2.1K

काठमाडौं-सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। सोमबारका लागि छापावाल सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ।

आइतबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement