November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेप्से सामान्य बढ्यो, जलविद्युत् समूहमा हरियाली कायमै

2.5K

काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ । 

गएकाे केही दिनदेखि उत्साहजनक रूपमा बढेकाे जलविद्युत् समूह आज पनि लयमै रहेको छ । जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ । 

आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

Advertisement

आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।