काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठक सकिएको छ। अब अर्को बैठक मंसिर २८ मा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू बैठकमा उपस्थित नभए पनि कमिटीलाई सम्बोधन गर्दै पठाएका छन्। पत्रमा उनले अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावलाई फिर्ता लिनुपर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनले प्रचण्डको प्रस्ताव अमान्य भएकाले आफू बैठकमा उपस्थित नभएको पनि बताएका छन्।