काठमाडौं– सेयर बजारमा एकैदिन एक सय २३ अंकको गिरावट देखिएको छ। बजार खुलेको सवा ३ घण्टामा बजार ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लगाइएको छ।
बजारमा यो अवधिमा ७ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। सेयर बजार २०५१ अंकमा खुलेको थियो। लगातार घट्ने क्रममा १९३२ अंकमा कारोबार रोकिएको छ।
बजारमा १९७ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर किनबेच भएको छ।