April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपत्यकाका तीन सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

3.2K

काठमाडाैँ – काठमाडाेैँ पत्यकामा जारी निषेधाज्ञा थपिने भएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

बैठकमा केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने बारे छलफल गरिने काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए ।

संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । काठमाण्डु उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।

Advertisement

उपत्यकामा गत वैशाख १६ गतेदेखिको लागू गरिएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।