April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भक्तपुरमा कार ठोक्किँदा एक जनाको ज्यान गयाे 

2.3K

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

प्रहरीका अनुसार भक्तपुरबाट काठमाण्डौका लागि छुटेको बा ८ च ४७५६ नम्बरको कार राति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो । कार कसले चलाएको र कति जना थिए भन्नेबारे केही खुलेको छैन ।

Advertisement