November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण, २ लाख ३८ हजार ८६१ पुगे संक्रमित

3.5K

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २७२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

नेपालमा हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १५ हजार ४४७ जना सक्रिय संक्रमित छन्।

Advertisement

आज १५७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ।